महिला बास्केटबलको काँस्य गण्डकीलाई
तनहुँ | कात्तिक २, २०७९
तनहुँ । जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ ।
बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकको अन्तरमा काँस्य पदक हात पारेको हो ।
प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६–९ को अन्तर कायम गरेको थियो ।
यसै गरी गण्डकी प्रदेशले दोस्रो, तेस्रो र चौथो चरणमा क्रमशः १०–४, १२–७ र ८–४ को अन्तर बनाउँदै जित हासिल गरेको हो ।
गण्डकी प्रदेशलाई काँस्य पदक दिलाउन गण्डकीकी सीमा गर्बुजाले १९ अंक जोडेकी थिइन् ।
मंगलबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसँग पराजित भएको थियो भने सुदूरपश्चिम प्रदेश बागमती प्रदेशसँग पराजित भएको थियो ।
प्रतियोगिता अन्र्तगत यसअघि महिला पुरुष सिंगल्सतर्फका खेल सम्पन्न भइसकेका छन् ।
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...
पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्...
काठमाडौं: उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो। यसअघि प...

